घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?


काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ। आइतबार तोलामा चार सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला नौ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला चार हजार ६ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार पाँच सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।