सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौं –स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६०५ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातु चार हजार ६१५ रूपैयाँमा कारोबार भएको थियो। गत बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको चाँदीको चार हजार ४५० रूपैयाँ किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १७४ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ