एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको २४ हजार ८९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नआएमा सो शेयर कानूनबमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।