पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी सहयोग गर्नेहरुलाई प्रमाणपत्र दिने


काठमाडौं – अर्थ मन्त्रालयले पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी योगदान गर्नेहरुलाई प्रमाणपत्र दिने भएको छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भौतिक संरचनाको पुनर्निर्माण, मर्मत सम्भार, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापना सम्बन्धी कार्य गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १० हजार भन्दा बढी रकम योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रमाणपत्र दिने भएको हो ।

अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै सरकारको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हस्ताक्षर गरेको प्रमाणपत्र अर्थ मन्त्रालयले तयार गरेको बताएको हो ।

उक्त प्रमाणपत्र सम्बन्धित व्यक्ति वा संस्थाको ठेगानामा पुर्याउन स्पष्ट ठेगाना र फोन नम्बर उपलब्ध हुन नहुँदा वितरण गर्न नसकिएको भन्दै १० हजार भन्दा बढी योगदान गर्ने योगदान कर्ताहरुलाई मन्त्रालयको जिन्सी शाखामा सम्पर्क गरी आफ्नो प्रमाणपत्र बुझ्न आग्रह गरेको छ ।