काठमाडौं – ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ‘ए सिक्स एस प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ। फ्ल्यागशिपबाट प्रेरित डिजाइन, उन्नत सेल्फी क्षमता, अल्ट्रा–फास्ट चार्जिङ, आकर्षक एमोलेड डिस्प्ले र प्रिमियम टिकाउपनालाई एउटै डिभाइसमा समेटेको यो स्मार्टफोनको आधिकारिक मूल्य ५६ हजार ९९९ तोकिएको छ ।
प्रिमियम स्मार्टफोन अनुभव चाहने प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएको ओप्पो ’ए सिक्स एस प्रो’ मा ५० एमपी ०.६ एक्स १००–डिग्री पीओभी अल्ट्रा–वाइड सेल्फी क्यामेरा रहेको छ । यसले अझ स्पष्ट, विस्तृत र प्राकृतिक रङ्गसहितका सेल्फी तथा ग्रुप फोटो खिच्न सहयोग गर्छ। यस स्मार्टफोनमा ६.५७ इन्च एमोलेड डिस्प्ले रहेको छ, जसमा १२० हर्ज हाई रिफ्रेस रेट उपलब्ध छ । यसले दैनिक प्रयोगमा अल्ट्रा–स्मूथ स्क्रोलिङ, छरितो रेस्पोन्स र जीवन्त भिजुअल अनुभव प्रदान गर्छ। साथै, १,४०० निट्ससम्मको हाई ब्राइटनेस भएकाले कडा घाममा समेत डिस्प्ले उज्यालो र सजिलै हेर्न सकिने हुन्छ ।
डिभाइसमा रहेको विशाल ७ हजार एमएएच ब्याट्रीले प्रयोगकर्तालाई दिनभर कनेक्टेड रहन सहयोग गर्छ । साथै, फोनमा ८० वाट सुपरभूक फ्ल्यास चार्ज सपोर्ट उपलब्ध छ । जसले केवल ६१ मिनेटमै १०० प्रतिशत चार्ज गर्न सक्षम बनाउँछ। यसले प्रयोगकर्तालाई छोटो समयमा फोन चार्ज गरेर लामो समयसम्म सहज रूपमा प्रयोग गर्ने सुविधा दिन्छ ।






About Us
प्रतिक्रिया