सुनचाँदीसहित यज्ञराज सुवेदी र राम प्रसाद दाहाल पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीसहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  एपेक्स लजिस्टिकका सञ्चालक यज्ञराज सुवेदी र युनिक कार्गो झापा, बौद्धका सञ्चालक राम प्रसाद दाहाल रहेका छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्दा उल्लेख भएको सामान नदेखी पछि चेकजाँच सुन तथा चाँदीको फेला परेको प्रहरीले जनाएको छ। उनलाई चेकजाँच गर्दा  सुनको नौगेडी, चन्द्रमा, जन्तर, शिरफुल, मंगलसुत्र, मोतीमाला, रानीहार र त्रिशुल बरामद गरेको छ।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरी जनाएको छ।