पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ हुँदै


काठमाडौं – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो।

पूर्वअर्थमन्त्री विष्णु पौडेलको हकमा उनकी पत्नी दोमाया पौडेलले दायर गरेको रिटमा आज  सुनुवाइ हुन लागेको हो। यसअघि उनको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको थियो। अदालतको टेकप्रसाद ढुंगाना रफमेघराज पोखरेलको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको थियो।

साथै, उनको बन्दीप्रत्यक्षीकरण रिटमा असार ११ गतेको सुनुवाइमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश दिएको थियो। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो।