कालंगा हाइड्रो र सानिगाड हाइड्रो लिमिटेड आईपीओ नेप्सेमा सूचिकृत


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कालंगा हाइड्रो र सानिगाड हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको छ। आज नेप्सेमा कालंगा हाइड्रोको कुल १ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको हो। जसमध्ये आईपीओ मार्फत सर्वसाधारणलाई बिक्री गरिएको ४९ लाख कित्ता (३५ प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको ९१ लाख कित्ता शेयर (६५ प्रतिशत) रहेको छ।

त्यस्तै, सानिगाड हाइड्रोको कुल २ करोड ५८ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। जसमध्ये सर्वसाधारणलाई आईपीओ मार्फत बिक्री गरिएको ८५ लाख ५० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक शेयरधनीले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता (७०) प्रतिशत शेयर सूचिकृत भएको हो।

नेप्सेले सानिगाड हाइड्रोलाई न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म र कालंगा हाइड्रोलाई प्रतिकित्ता न्यूनतम ९८.५६ रुपैयाँदेखि अधिकतम २९५.६८ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ। यी दुवै कम्पनीको शेयर भोलि बिहीबारदेखि कारोबारमा आउनेछ।