काठमाडौं – कञ्चनपुरको मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका– ७ बस्ने १९ वर्षीय आंशु महता, २० वर्षीय जगदिश भट्ट र १९ वर्षीय दिपक चन्द रहेका छन्।
भीमदत्त नगरपालिका–४ महेन्द्र बजारस्थित गल्ली नम्बर– ५ बाट पार्किङ गरी राखेको मोटरसाइकल सोमबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई भीमदत्त नगरपालिका– १८ जानकी टोलबाट चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।






About Us
प्रतिक्रिया