काठमाडौं – कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले अब कम्पनीको स्थायी लेखा नम्बर (प्यान) र त्यसको प्रमाणपत्र सीधै अनलाइनबाट डाउनलोड गर्न सक्ने भएका छन्। कार्यालयले एक सूचना जारी गर्दै नयाँ व्यवस्था लागू भएको जानकारी दिएको हो। कार्यालयका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच सूचना प्रणालीको अन्तरआबद्धता गर्ने विषयमा २०८३ वैशाख ३१ गते समझदारी भएको थियो।
सोही समझदारीअनुसार विकास गरिएको प्रणाली कम्पनी रजिष्ट्रारको कार्यालयको ‘सीएएमआइएस’ प्रणालीमा २०८३ असार १५ गतेदेखि सञ्चालनमा आएको छ। यो विद्युतीय प्रणाली लागू भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले आफ्नो प्यान नम्बर र प्यान प्रमाणपत्र ‘सीएएमआइएस’ प्रणालीमार्फत सीधै डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्।
यसअघि कम्पनी दर्ता भएपछि प्यान नम्बर प्राप्त गर्न आन्तरिक राजस्व कार्यालयमा जानुपर्ने वा थप प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था थियो। नयाँ प्रणाली लागू भएपछि उक्त प्रक्रिया सहज, छिटो र पूर्ण रूपमा अनलाइनमार्फत हुने कार्यालयले जनाएको छ।






About Us
प्रतिक्रिया