कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४८ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

बैंकले सो शेयर सर्वसाधारणले खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारण जो कोहीले सूचना प्रकाशित भएको आजको मितिले ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।