त्रिवि शिक्षण अस्पतालले साढे पाँच महिनापछि बीमा कार्यक्रम पुनः सुरु गर्दै


काठमाडौं – त्रिवि शिक्षण अस्पतालले भोलि (असार १५ गते) देखि स्वास्थ्य बीमा पुनस् सञ्चालनमा ल्याउने भएको छ। शिक्षण अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ओपीडी सेवा मात्र सुचारु गर्ने जनाएको हो।

अस्पताल प्रशासनले ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ। सेवाग्राहीले बिमाको टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २ः३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्।

अस्पतालले स्वास्थ्य बीमासम्बन्धी थप जानकारी वा कुनै समस्या परेमा अस्पतालको स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा शाखामा सम्पर्क गर्न सेवाग्राहीहरूलाई आग्रह गरेको छ।

लामो समयदेखि बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै १ माघ २०८३ देखि बन्द गरेको बीमा कार्यक्रम साढे पाँच महिनापछि सुरु गर्न लागेको हो।