नेपाल माइक्रो लाइफको कामु सीईओमा गिरी


काठमाडौं – नेपाल माइक्रो लाइफ इन्स्योरेन्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा अनिल गिरी नियुक्त भएका छन्।

कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत गिरीलाई कामु सीईओमा नियुक्त गरेकाे हाे।

उनलाई आजकै मितिदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिएको कम्पनीले जनाएको छ।