काठमाडौं – सूर्यज्योती लाइफ इन्स्योरेन्सले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले एक संस्थापक शेयरधनीको नाममा रहेको ३ लाख २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
कम्पनीको सो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य योग्य जोकोही व्यक्तिले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
बोलपत्र यही असार १८ गतेसम्म काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।






About Us
प्रतिक्रिया