काठमाडौं – नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ मा ११ वटा वाणिज्य बैंकमा विशेष निरीक्षण गरेको छ। केन्द्रीय बैंकले ११ वटा वाणिज्य बैंकमा पटक पटक निरीक्षण गरेको हो।
राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया बैंक, प्रभु बैंक, कृषि विकास बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा विशेष निरीक्षण गरेको हो।
केन्द्रीय बैंकले नेपाल बैंकमा सबैभन्दा बढी ५ पटक विशेष निरीक्षण गरेको छ। यस्तै, हिमालयन बैंक र प्रभु बैंक ३–३ पटक विशेष निरीक्षणमा परेका छन् । राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एशिया बैंकमा राष्ट्र बैंकले २–२ पटक विशेष निरीक्षण गरेको छ।
यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, कृषि विकास बैंक, नबिल बैंक र लक्ष्मी सनराइज बैंकमा १–१ पटक विशेष निरीक्षण गरेको छ।
राष्ट्र बैंकले बैंकहरूको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, कर्जा प्रवाह, सुशासन तथा नियामकीय व्यवस्थाको पालना भए–नभएको मूल्याङ्कन गर्न विशेष निरीक्षण गर्ने गर्छ। केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्रलाई थप सुरक्षित, पारदर्शी र उत्तरदायी बनाउन नियमित तथा विशेष निरीक्षणलाई प्राथमिकता दिएको जनाएको छ।






About Us
प्रतिक्रिया