हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त


काठमाडौं – हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन्।

कम्पनीको असार २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले कामुमा कपूरलाई नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत कपूरलाई असार २ गतेदेखि लागूहुने गरी कामु सीईओमा नियुक्त गरिएाके कम्पनीले जानकारी दिएकाे छ।