विद्युत् खपत बढाउन उत्पादनमूलक उद्योग आवश्यक छ : बिरेन्द्रराज पाण्डे


काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डेले खपत बढाउनको लागि उत्पादन मुलक उद्योगको आवश्यक रहेको बताए। इप्पानको २४ ‌औं साधारण सभा तथा ८ ‌औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन्।

‘आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिएको छ। खपत बढाउन उत्पादन मुलक उद्योगको आवश्यकता छ,’ उनले भने विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने विषय स्वागत योग्य रहेको पनि पाण्डेले बताए।

यस्तै बजेटमा आएको नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न ढिला गर्नु नहुने बताए।