प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल चयन


काठमाडाैं- प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा रबिन्द्र ढकाल चयन भएका छन्। वैशाख २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

ढकाल प्रभु बैंक लिमिटेडमा मुख्य प्रबन्धक (चिफ म्यानेजर) को रूपमा कार्यरत छन्। नवनियुक्त अध्यक्ष ढकालको नेतृत्वमा प्रभु स्टक मार्केटले आफूलाई एक प्रतिस्पर्धी र सबल स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरु, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्फत करिब ३६ लाखभन्दा बढि ग्राहकवर्गहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।