रुपन्देही प्रहरीको विशेष स्विप अपरेसनबाट ८३ जना नियन्त्रणमा


काठमाडौं – रुपन्देही प्रहरीको विशेष स्विप अपरेसनबाट ८३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका कार्यालयबाट सञ्चालित विशेष स्वीप अप्रेशनमा जिल्लाका विभिन्न स्थानहरूमा चेकजाँच गर्ने क्रममा ८३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरूले शान्ति सुरक्षामा खलल पुऱ्याउने गरेको थिए। उनीहरूको आपराधिक गतिविधि सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ।