औद्योगिक प्रतिष्ठानलाई श्रम कानुनको अक्षरसः पालना गर्न निर्देशन


काठमाडौं – व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेर त्रुटि सच्च्याउन निर्देशन दिएको छ।

विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार केही प्रतिष्ठानमा न्यूनतम पारिश्रमिकको कार्यान्वयन नभएको, नियमित श्रम ‘अडिट’ नभएको, सामाजिक सुरक्षाकोषमा सूचीकरण नभएकोलगायत मौजुदा ऐनकानुनको पालना नभएकाले तिनको अक्षरसः पालना गर्न निर्देशन दिइएको हो।

श्रम ऐन, २०७४ तथा श्रम नियमावली, २०७५ र प्रचलित कानुनको पालना गर्न निर्देशन दिइएको उनले बताए।