काठमाडौं – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनमा विद्यार्थीहरूलाई प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै विभागले विद्यार्थीको कानुनी अधिकार सुनिश्चित गर्न आग्रह गरेको हाे।
इन्धनको मूल्यवृद्धिपछि कतिपय सवारीसाधनले छुट नदिएको गुनासो बढ्दै गएपछि विभागले यस्तो निर्देशन दिएको हो। हेलो सरकार र गुनासो पेटिकामा विद्यार्थीहरूले ४५ प्रतिशत छुट नपाएको भन्दै उजुरी दिएका छन्।
विद्यार्थी परिचयपत्र देखाउँदा पनि छुट दिन अस्वीकार गर्ने तथा दुर्व्यवहार गर्ने गुनासो आएपछि विभागले पुनः ध्यानाकर्षण गराएको हो। विभागले २० फागुन २०६५ मा सरकार र यातायात व्यवसायीबीच भएको सहमतिलाई स्मरण गराउँदै सोहीअनुसार छुट दिनुपर्ने बताएको छ। सो सहमतिअनुसार विद्यार्थीहरूले सार्वजनिक सवारीमा ४५ प्रतिशत भाडा छुट पाउँदै आएका छन्।




About Us
प्रतिक्रिया