गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ


काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले बताए।

उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहँदा प्रहरीले नियन्त्रणमा लिएको हो।

दीपक भट्टको विभिन्न कम्पनमा शेयर देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ।