काठमाडौं – पूर्वमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावताका जनतालाई गरेको ‘राइट टु रिकल’ सम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठाएका छन्।
उनले पार्टीको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई भनिएको ‘राइट टु रिकल’ भनेको के हो? अनि यो कस-कसलाई लागू हुन्छ? कस-कसलाई लागु हुँदैन? भन्दै प्रश्न गरेका छन्।
किरातीले श्रम मन्त्री दीपककुमार साहलाई सास फेर्न पनि मौका नदिएर बर्खास्त गरियो तर गृहमन्त्री सुदन गुरुङको बारेमा के हुन्छ? भन्दै जिज्ञासा व्यक्त गरे।
थप स्पष्टता र पारदर्शिताका लागि सम्बन्धित पक्षसँग छानबिनको माग समेत उनले गरेका छन्। पुरानो र नयाँमा के भिन्नता? भन्दै उनले राजनीतिक संस्कार र नैतिकताको प्रश्न उठाए।
यस्तो छ उनको स्टाटस:
रास्वपालाई मेरो प्रश्न!
पार्टीको वाचापत्रमा उल्लेख भएको र निर्वाचनमा जनतालाई भनिएको ‘राइट टु रिकल’ भनेको के हो? अनि यो कस-कसलाई लागू हुन्छ? कस-कसलाई लागु हुँदैन? लागू हुँदैन थियो भने मधेसी अनुहारका श्रम मन्त्री माननीय दिपक कुमार साहलाई सास फेर्न पनि मौका नदिईकिन बर्खास्त गरियो? अनि माननीय गृहमन्त्री सुदन गुरुङको बारेमा यो आकर्षित हुन्छ कि हुँदैन? के एउटै कानुन जुङ्गा अनुसार लागु हुन्छ? त्यसो भए गृहमन्त्रीको जुङ्गा कत्रो छ? कति क्षेत्रमा फैलिएको छ? र त्यसले कुन कुन सिमानाहरू नाघेको छ? र मान्छेले प्रश्न उठाए जस्तै कुन-कुन शक्तिसँग त्यो जुङ्गाको जरा जोडिएको छ? थप शङ्काको सुविधा प्राप्त नहोस् भनेर मैले रास्वपालाई यो प्रश्नहरू गरेको हुँ! किनकि ‘यो देश मेरो पनि हो’
गुरुङ जी, लौन गर्नुपऱ्यो छानविनको माग, देखाउन पऱ्यो संस्कार र संस्कार बोक्ने नैतिकवान् छाती नत्र त पुरानो र नयाँमा के भिन्नता?



About Us
प्रतिक्रिया