काठमाडौं – फोनपे पेमेन्ट सर्भिस लिमिटेड (फोनपे) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस कुमार सापकोटा पुनः नियुक्त भएका छन्। उनी थप चार वर्षका लागि सो पदमा पुनः नियुक्त भएका हुन्।
सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका उनीसँग बैंकिङ्ग प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार र फिनटेक क्षेत्रमा दुई दशक बढीको अनुभव छ।
उनले फोनपेको प्रारम्भिक टोलीको एक सदस्यका रूपमा प्रमुख प्रविधि अधिकृतको भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए । २०२१ मा सीईओको जिम्मेवारी सम्हालेपछि सापकोटाले नेतृत्वमा फोनपे आफ्नो सबैभन्दा महत्त्वपूर्ण वृद्धि चरणबाट गुज्रिएको विज्ञप्तिमा उल्लेख छ ।



About Us
प्रतिक्रिया