प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज (मंगलबार) दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

गृहमन्त्री सुधन गुरुङलाई बर्खास्त गर्न माग भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।