रास्वपाले गर्‍यो मन्त्री र सांसदको लेवी परिमार्जन, कसकाे कति ?


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद र मन्त्रीहरूको लेवी परिमार्जन गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले लेवी परिमार्जन निर्णय अनुमोदन गरेको प्रवक्ता मनिष झाले बताए।

प्रवक्ता झाकाअनुसार सांसदहरूको लेवी १५ हजार कायम भएको छ। यसअघि १६ हजार ५०० थियो। मन्त्रीहरूको १८ हजार कायम भएको छ। मन्त्री र स्वकीयको लेवी भने यथावत् राखेको छ। स्वकीय सचिवको २ हजार कायम गरिएको उनले बताए।