काठमाडौं – मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख ७ हजार १०३ कित्ता शेयरको लकइन अवधि आगामी वैशाख १२ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकतर्फ, स्थानीय बासिन्दातर्फ र कर्मचारीतर्फ गरी कुल ४३ लाख ७ हजार १०३ कित्ता शेयरको लकइन अवधि सकिने भएको हो।
जसमा कम्पनीको संस्थापकतर्फको ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दातर्फको ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फको ३ हजार २४० कित्ता शेयर रहेको छ।
आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँट गरेको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारी तर्फको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। लकइन अवधि सकिएपछि उक्त शेयर कारोबार गर्न सकिनेछ।



About Us
प्रतिक्रिया