गस्तीबाट सदनसम्म: चुनावमा होमिएका ८ मध्ये ५ पूर्व सुरक्षाकर्मी संसद् पुगे


काठमाडौं – गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट पाँच जना पूर्व सुरक्षाकर्मी संसद् प्रवेश गर्ने भएका छन्। चुनावमा प्रतिस्पर्धा गरेका आठ जना पूर्व सुरक्षाकर्मीमध्ये पाँच जना निर्वाचित हुँदा तीन जना पराजित भएका छन्। निर्वाचित हुने पाँचै जना राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसद् पुगेका हुन्। प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेमा पूर्व प्रहरी नायब निरीक्षक (सई)देखि अतिरिक्त महानिरीक्षक (एआईजी)सम्मका अधिकारी रहेका छन्। प्रहरी सेवाबाट लामो समय कानुन कार्यान्वयनमा काम गरेका उनीहरू अब कानुन निर्माण गर्ने निकायमा पुगेका छन्।

आईजीपीको मुख्य दाबेदार रहेका बेला जुनियर अधिकृतलाई आईजीपी बनाएपछि उनले प्रहरी सेवाबाट राजीनामा दिएका थिए। प्रहरीबाट राजीनामा दिएको करिब साढे तीन वर्षपछि उनी सांसद बनेका हुन्।

निर्वाचित हुनेहरूमा पूर्व वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रमसिंह थापा कपिलवस्तु–२ बाट निर्वाचित भएका छन्। त्यस्तै, पूर्व प्रहरी अधिकृतहरू विश्वराज पोखरेल, शम्भुप्रसाद ढकाल, गोविन्द पन्थी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलको प्रमुखबाट राजीनामा दिएका राजुनाथ पाण्डे निर्वाचित भएका छन्। यस निर्वाचनमा पूर्व आईजीपीद्वय सर्वेन्द्र खनाल, ध्रुवबहादुर प्रधान तथा पूर्व प्रहरी सहायक निरीक्षक विजयबहादुर स्वाँर भने पराजित भएका छन्।

ओखलढुङ्गाबाट अतिरिक्त महानिरीक्षक (पूर्व एआईजी) विश्वराज पोखरेलले अत्यन्तै झिनो मतान्तरले विजय हासिल गरेका छन्। उनले नेपाली काँग्रेसका उम्मेदवार कुमकार लुइँटेललाई पाँच मतले पराजित गरेका थिए। आईजीपीको मुख्य दाबेदार रहेका बेला जुनियर अधिकृतलाई आईजीपी बनाएपछि उनले प्रहरी सेवाबाट राजीनामा दिएका थिए। प्रहरीबाट राजीनामा दिएको करिब साढे तीन वर्षपछि उनी सांसद बनेका हुन्।

त्यस्तै, पूर्व एसएसपी विक्रमसिंह थापा कपिलवस्तु–२ बाट निर्वाचित भए। उनी नेपाली काँग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका थिए। पूर्व डीएसपी गोविन्द पन्थीले गुल्मी–२ मा एमाले उपाध्यक्ष गोकर्ण विष्टलाई ५६१ मतले पराजित गरेका थिए। काठमाडौं महानगर प्रहरीका पूर्वप्रमुख राजुनाथ पाण्डे यस निर्वाचनमा सबैभन्दा बढी चर्चामा रहेका उम्मेदवार थिए। उनले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ७ हजार ५ सय ८६ मतान्तरले पराजित गरेका थिए।

पूर्व सुरक्षाकर्मी शम्भुप्रसाद ढकाल झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित भए। उनले एमालेका उम्मेदवार लालप्रसाद साँवा लिम्बूलाई ३१ हजार ६४५ मतान्तरले हराएका थिए। पाँच जना सुरक्षाकर्मी संसद् प्रवेश गरेसँगै शान्ति सुरक्षा, कानुन कार्यान्वयन र व्यवस्थापनमा सुधार हुने सर्वसाधारणको अपेक्षा रहेको छ। लामो समय कानुन कार्यान्वयनमा काम गरेका व्यक्तिहरू कानुन निर्माण गर्ने निकायमा पुगेकाले व्यावहारिक कानुन निर्माण हुने अपेक्षा गरिएको छ।

उनकाअनुसार प्रहरी सङ्गठनलाई थप सुदृढ बनाउन आवश्यक कानुनी सुधारबारे व्यापक छलफल गरिनेछ। बलियो र सक्षम प्रहरी निर्माणका लागि आवश्यक कानुन र नीतिगत सुधारका विषयमा सरोकारवालासँग छलफल गरेर समयानुकूल सुरक्षा प्रणाली विकास गर्ने अपेक्षा गरिएको छ।

पूर्व सुरक्षाकर्मी शम्भुप्रसाद ढकालका अनुसार अब बन्ने सरकारले संविधान, कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राख्नेछ। उनले विद्यमान कानुनी संरचनामा रहेका कमीकमजोरी पहिचान गरी आवश्यक संशोधन तथा सुधार गर्ने समय आएको बताएका छन्। उनकाअनुसार हाल प्रचलनमा रहेका केही कानुन व्यावहारिक नभएकाले तिनलाई परिमार्जन वा हटाउन आवश्यक छ।

ढकालले अझै धेरै विषयमा अध्ययन गर्न बाँकी रहेको स्वीकार गर्दै जनतामुखी विकास र राष्ट्र हितका लागि संविधान, कानुन र नीतिहरूमा केन्द्रित भएर काम गर्ने बताए। विशेष गरी २०१२ सालको प्रहरी ऐन अझै कार्यान्वयनमा रहेको र २०४८ सालको ऐनमा आधारित भएर काम भइरहेको अवस्थालाई सुधार गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

उनकाअनुसार प्रहरी सङ्गठनलाई थप सुदृढ बनाउन आवश्यक कानुनी सुधारबारे व्यापक छलफल गरिनेछ। बलियो र सक्षम प्रहरी निर्माणका लागि आवश्यक कानुन र नीतिगत सुधारका विषयमा सरोकारवालासँग छलफल गरेर समयानुकूल सुरक्षा प्रणाली विकास गर्ने अपेक्षा गरिएको छ।