नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम १४ अर्ब बढी


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्स) ४.४५ अकंले बढेर परिसुचक २८ सय २४ दशमलव ९० को बिन्दुमा कायम भएको छ। आज ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेसँगै ९ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। ग्रिनलाइफ हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८१ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिदि पावरको ६७ करोड ९६ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सोलु हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। यस कम्पनी लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, सालपा विकास बैंकको ९.९९ प्रतिशत, होटल फरेष्ट इनको ९.९३ प्रतिशतका दरले कमाएका छन्।त्यसैगरी आज सर्वाधिक गुमाउनेमा दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.१८ प्रतिशत दरले गुमाएका छन्।