काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोलु हाइड्रोपावरको आजदेखि पहिलो कारोबार सुरु भएको छ। कारोबारको पहिलो दिनमै कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै वृद्धि भएको हो। आज कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ३३० मा पुगेको हो।
कम्पनीको शेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज निर्धारण गरेको थियो।
यसअघि कम्पनीको शेयर गत फागुन २८ गते बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। सूचीकृत शेयरमध्ये सर्वसाधारणका लागि जारी गरिएको २ करोड कित्ता र संस्थापक समूहले लगानी गरेको ८ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ।



About Us
प्रतिक्रिया