साताको सुन कारोबार: २ हजार ७ सय रूपैयाँले घट्याे मूल्य


काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य ३ हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढेको सुनको मूल्य सोमबार भने घट्यो। सोमबार प्रतितोला ३ हजार ७ सय रुपैयाँले घट्दै ३ लाख १३ हजार २ सय रुपैयाँमा ओर्लियो।

मंगलबार ३८ सय रुपैयाँले बढ्दै प्रतितोला सुन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भयो। बुधवार पनि सुनको मूल्य दुई हजारले बढ्दै ३  लाख १९ हजार रुपैयाँ पुग्यो। यस्तै, बिहीबार र शुक्रबार दुवै दिन सुनको मूल्यमा गिरावट देखियो। 

बिहीबार प्रतितोला २ हजार रुपैयाँले घट्दै ३ लाख १७ हजार रुपैयाँमा कारोबार भयो। यसैगरी शुक्रबार २८ सय रुपैयाँले घट्दै ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्यमा २ हजार ७ सय रुपैयाँको गिरावट देखिएको छ।