टिकेन शेयर बजारमा हरियाली, नेप्से ३२ अंकले घट्दा कारोबार रकम २१ अर्ब बढी

१० उपसूचक राताम्य


काठमाडौं – आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३२.०८ अकंले घटेर सूचक २८ सय ४३ दशमलव ३५ को बिन्दुमा कायम भएको छ। आज ३२९ कम्पनीको ५ करोड २७ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेसँगै ५ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।

आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १ अर्ब ९७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको ६९ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै,सालपा विकास बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.३६ प्रतिशतका दरले गुमाएका हुन्। यसदिन १० उपसूचक राताम्य बनेका छन्। आज फाइनान्स समूहको २.०६ प्रतिशत, विकास बैंक समूहको १.१६ प्रतिशत, वाणिज्य बैंक समूहको १.२७ प्रतिशतले शेयर मूल्य घटेको छ।