काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २६ गते सुनको मूल्य तोलामा ३८ सय रुपैयाँले बढेको हो।
यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १७ हजार रुपैयाँ पुगेको छ। यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३१० रुपैयाँले बढेको हो।
यससँगै आज चाँदी तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो फागुन २५ गते चाँदी प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया