दोस्रो दिन पनि शेयर बजारमा उछाल आउने संकेत, प्रि ओपन सेसनमा ३५.९३ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३५.९३ अंक बढेर २९ सय ११ दशमलव ३६ को विन्दुमा पुगेको बन्द भएको छ।

यस सेसनमा ५६ करोड ९८ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने १३ लाख ८७ हजार १८२ कित्ता शेयर किनबेच भएको छ।

यस सेसनभरिमा २१० कम्पनीको शेयर मुल्य बढेको छ भने ९ कम्पनीको शेयर मुल्य घटेको छ। यससँगै ३४ कम्पनीको शेयर मुल्य स्थिर रहेको रहेको छ।