नेप्सेमा लगातार तीन सर्किट, कर्पोरेट डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरमा उछाल


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज नेप्सेमा तीन पटक सर्किट ब्रेक लाग्दा दुई कम्पनीमा समेत सर्किट ब्रेक लागेको छ। आज चुनावको ५ दिनपछि खुलेको शेयर बजारमा तिन पटकको सर्किट ब्रेकपछि कर्पोरेट डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावर कम्पनीमा सकारात्मक सर्किट ब्रेक लागेको हो।

यी दुई कम्पनीका लगानीकर्ताले आज कारोबार सुरु भएको केही मिनेटमा नै १० प्रतिशतका दरले कमाएका हुन्। यससँगै, हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले ९.९९ प्रतिशत, सिटि होटलको ९.९८ प्रतिशत र नेपाल इन्फास्ट्रक्चर बैंकका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन्। यससँगै आजका लागि शेयर कारोबार रोकिएको छ।