काठमाडौं – लगातार तेस्रो घण्टामा पनि नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि आजलाई कारोबार बन्द भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको निर्वाचनमा दुई तिहाई बहुमत ल्याएपछि शेयर बजार कारोबार कारोबार रोकिएको हो।
कारोबार खुलेको पहिलो मिनेटमा नै ४ प्रतिशत बढेर २० मिनेटलाई रोकिएको कारोबार दोस्रो पटक खुल्नसाथ फेरी रोकिएको हो। नेप्सेमा सुरुमा ४ प्रतिशत बढ्दा २० मिनेट कारोबार रोक्ने र ५ प्रतिशत बढेपछि ४० मिनेट कारोबार रोक्ने व्यवस्था छ।
६ प्रतिशत बढ्यो भने सो दिनको कारोबार नै बन्द हुने व्यवस्था छ। ६ प्रतिशतले बढेसँगै परिसूचक २८ सय ७५ दशमलव ४३ बिन्दुमा पुगेर रोकिएको छ। यसक्रममा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँको शेयर किनबेच भएको छ भने २३९ वटा कम्पनी बढेका छन्। यद्यपी १ कम्पनीको शेयर मूल्य भने घटेको छ।



About Us
प्रतिक्रिया