काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा तीन हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ४७५ रुपैयाँ निर्धारण भएको छ। शुक्रबार एक तोला सुन तीन लाख १३ हजार ४०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया