काठमाडौं – अब शेयर बजार एकैचोटी ५ दिनपछि खुल्ने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४ दिन सरकारले दिएको सार्वजनिक बिदा र एक दिन साप्ताहिक बिदा परेकाले अर्काे साताको सोमबार मात्रै खुल्ने भएको हो।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले फागुन २० गतेदेखि २२ गतेसम्म ३ दिन सार्वजनिक बिदा दिएको छ भने फागुन २३ गते साप्ताहिक बिदा र फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस परेकाले अब शेयर बजार आगामी सोमबारबाट खुल्ने भएको हो।
चुनाव अघिको अन्तिम कारोबारमा शेयर बजार ३८.५२ अंकले बढेर सूचक २७ सय १२ दशमलव ४९ को बिन्दुमा बन्द भएको थियो।



About Us
प्रतिक्रिया