काठमाडौं – आज नेपाल मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.५२ अकंले बढ्दा ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज सालपा विकास बैंक, पञ्चकन्या माई हाइड्रोपावर, रिलायन्स स्पिनिङ् मिल्स, मोलुङ हाइड्रोपावर र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्।
जसमा सालपा विकास बैंकका लगानिकर्ताले ९.९९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ९.८९ प्रतिशत, रिलायन्स स्पिनिङ् मिल्सको ९.८२ प्रतिशत, मोलुङ हाइड्रोपावरको ६.१८ प्रतिशत र लक्ष्मी लघुवित्त वित्तीयका लगानीकर्ताले ६.०९ प्रतिशतका दरले कमाएका छन्।
यससँगै, आज हिम शुभम् पावरका सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले २.५३ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै, ७.२५ प्रतिशत एसबीएल डिबेन्चरका लगानीकर्ताले १.९६ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, एनआईसी एशिया ऋणपत्रका लगानीकर्ताले १.८७ प्रतिशतका दरले गुमाएका छन्।
त्यस्तै, आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिदि पावर कम्पनीको २७ करोड ७४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको २४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।



About Us
प्रतिक्रिया