चुनावअघि शेयर बजारमा हरियाली, नेप्से ३८.५२ अंकले बढ्दा २७ सय नाघ्यो


काठमाडौं – आज शेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज मंगलबार शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३८.५२ अकंले बढेर सूचक २६ सयको बिन्दुबाट उकालो लाग्दै २७ सय १२ दशमलव ४९ को बिन्दुमा कायम भएको छ। आज ३३९ कम्पनीको १ करोड ५१ लाख ९४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज २५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेसँगै घटेसँगै २ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ।

आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिदि पावर कम्पनीको २७ करोड ७४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एसवाई प्यानल नेपालको २४ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ९.८९ प्रतिशतका दरले कमाएका हुन्।आज सबैभन्दा धेरै हिम शुभम् पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानीकर्ताले २.५३ प्रतिशतका दरले गुमाएका हुन्।