काठमाडौं – आइतबार शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.२७ अकंले बढेर २६७४.२० बिन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६४ करोडको कारोबार भएको हो। आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६४ कम्पनीको शेयर मूल्य घटेको छ।
आज सबैभन्दा धेरै राद्यि विद्युत कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। अपि पावरको ३३ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्सको २८ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन्। बराही हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन्। एनआइबिएल ग्रोथ फन्डका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जा कम्पनीका लगानीकर्ताले गुमाएका छन्। आज यसका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन्। यसदिन फाइनान्स समूहको शेयर मूल्यमा चमक देखिएको छ। फाइनान्स समूह मात्रै एकैदिन २.२२ प्रतिशतले बढेको हो। साथै, अन्य १२ उपसूचकमा पनि सुधार भएको छ।



About Us
प्रतिक्रिया