सुनको मूल्य केही घट्यो, चाँदीको बढ्यो


काठमाडौं – आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य ५०० रूपैयाँले घटेको छ भने चाँदीको मोल १५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० र एक तोलाको चाँदीको मोल पाँच हजार ७४० रुपैयाँ कायम भएको छ। बिहीबार प्रतितोला सुन तीन लाख १५ हजार ४०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ७२५ रुपैयाँ निर्धारण भएको थियो।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ५८५ रुपैयाँ निर्धारण भएको छ। गत सोमबार एक तोला छापावाल सुन तीन लाख १३ हजार ५०० रुपैयाँ र एक तोला चाँदी पाँच हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको थियाे।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ।