काठमाडौं – बुधबार पनि शेयर बजार बढेको छ। मंगलबार भारी अंकले बढेकाे शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १० दशमलव ३० अंकले बढेर २६४८.९० बिन्दुमा कायम भएको छ। आज ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ।
आज सबैभन्दा धेरै आँखु खोला जलविद्युतको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। ङादी ग्रुप पावरको २५ करोड ४७ लाख रुपैयााको शेयर कारोबार भएको छ। एसवाई प्यानलको २३ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। विन नेपाल लघुवित्तका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन्। सुपर माई हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव १८ प्रतिशतका दरले कमाएका छन्।
आज सबैभन्दा धेरै हिमालयन पावर पाटर्नरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ९८ प्रतिशतका दरले गुमाएका हुन्। यसदिन १० उपसूचकमा हरियाली आएको छ। आज जीवन बीमा समूहको शेयर मूल्यमा सर्वाधिक वृद्धि देखिएको छ। सो समूहको शेयर मूल्य १.७९ प्रतिशतले बढेको हो।



About Us
प्रतिक्रिया