काठमाडौं – नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन ३ लाख १४ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला सुन ३ लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने आज घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ५ हजार ५८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ५९५ रुपैयाँमा किनबेच भएको थियो।



About Us
प्रतिक्रिया