लगानी फसेपछि घाटा खाएरै बेच्न थालियो रिलायन्सको शेयर, तेस्रो पटकको कारोबारमा मूल्य उचालियो


काठमाडौं – प्रतिकित्ता ८२०.८० रुपैयाँमा साधारण शेयर किनेका सर्वसाधारण लगानीकर्ता पैसा फस्ने भएपछि घाटामै बिक्री गर्न थालेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएपछिको तेस्रो पटकको कारोबारमा रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य उचालिन थालेको हो।

सूचीकृत भएपछिको पहिलो कारोबार दिन (गत सोमबार, ४ फागुनमा) रिलायन्सको शेयर मूल्य ३०० मा खुलेर ३३० रुपैयाँमा बन्द भएको थियो। त्यसपछि दोस्रो दिन ५ फागुनमा मूल्य ३६१.८ रुपैयाँसम्म पुगेर बन्द भयो। तेस्रो पटकको कारोबार आज आइतबार रिलायन्सको सेयर मूल्यमा उच्च वृद्धि देखा परेको छ। अर्थात् लगानीकर्ताहरू घाटा खाएर पनि रिलायन्सको शेयर बेच्न बाध्य भएका छन्।

रिलायन्सको दिउँसो २ बजेसम्ममा ६० कित्ता शेयर किनबेच भएको छ। मूल्य ९.२६ प्रतिशतले बढेर ३ सय ९५ दशमलव ३ रुपैयाँ कायम भएको छ। खरिदकर्ताले ३९७.९ रुपैयाँसम्म मूल्य प्रस्ताव गरेका छन्। तर, बिक्री चाप भने शुन्य देखिएको छ। नेप्सेमा रिलायन्सको कुल सूचीकृत शेयर एक करोड ९० लाख रुपैयाँ छ। जसमा सर्वसाधारणको मात्रै १०.१४ प्रतिशत छ।