काठमाडौं – यस साता शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ दिन कारोबार हुँदा २ दिन नै बजार घटेको थियो। यससँगै बजार २८.९१ अंकले घट्दा १६ अर्ब माथिको शेयर कारोबार भयाे।
यो साताको पहिलो कारोबारको दिन सोमबार नेप्से ८.१६ अंकले घट्याे, मंगलबार ०.७५ अंकले घटेर याे साता शेयर बजार २६ सय ४२ दशमलव १५ को विन्दुमा बन्द भयाे।
काराेबार रकम :
सोमबारः ७ अर्ब ८८ करोड रुपैयाँ
मंगलबारः ८ अर्ब २२ करोड रुपैयाँ
याे साता ३ दिन सार्वजनिक बिदा परेकाले नेप्से दुई दिन मात्रै खुलेको थियो। पहिलो कारोबारको दिन आइतबार (फागुन ३ गते) महाशिवरात्री र नेपाली सेना दिवस परेकाले शेयर बजार बन्द थियो। त्यस्तै, फागुन ६ गते ग्याल्पो ल्होसार र फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस परेकाले शेयर बजार बन्द भएकाे हाे ।



About Us
प्रतिक्रिया