‘११ सय रुपैयाँले घट्यो सुनको मूल्य’


काठमाडौं – यो साताको आइतबार नेपाली बजारमा आज सुनको मूल्य बढ्यो। त्यसदिन २ हजार ३ सय रुपैयाँले बढेसँगै प्रतितोला सुनको मूल्य ३ लाख ५ हजार ८ सय रुपैयाँ पुग्यो। आइतबार बढेको सुनको मूल्य सोमबार घट्यो। सोमबार ३ हजार रुपैयाँले घटेसँगै त्यसदिन प्रतितोला सुन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भयो।

मंगलबार पनि सुनको मूल्य घट्यो। प्रतितोला ९ सय रुपैयाँले घटेसँगै प्रतितोला ३ लाख एक हजार नौ सय रुपैयाँमा कारोबार भयो। बुधबार पनि सुनको मूल्य १ हजार ५ सय रुपैयाँले घटेसँगै  ३ लाख ४०० रुपैयाँमा कारोबार भयो। 

सोमबार, मंगलबार, बुधबार लगातार घटेको सुनको मूल्य बिहीबार भने ४ हजार ३ सय रुपैयाँले बढेसँगै ३ लाख ४ हजार ७०० रुपैयाँमा पुग्यो। बिहीबार बढेको सुनको मूल्य  शुक्रबार सुनको मूल्य स्थिर रहँदै बिहीबार कै मूल्यमा कारोबार भयो। यो साता समग्रमा सुनको मूल्यमा ११ सय रुपैयाँको गिरावट देखिएको छ।