ज्योती विकास बैंकले बोलायो १८ औं वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडौं – ज्योती विकास बैंक लिमिटेडले फागुन २८ गते आफ्ना शेयरधनीलाई १८ औं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैंकको निर्णयले सो सभा काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गर्नेछ। साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको गत आवको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक समेत तोक्ने प्रस्ताव पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ बैंकले फागुन १४ गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय निर्णय गरेको छ। बुक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा फागुन १३ गतेसम्म कायम शेयरधनीहरू मात्रै सो सभामा भाग लिन सक्नेछन्।