काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.१६ अंकले घटेपनि ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज सर्वाधिक कमाउने कम्पनीहरुमा वृद्धिभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स्, सालापा विकास बैंक, अपर स्याङ्गे हाइड्रोपावर र गणपति लघुवित्त वित्तीय संस्था रहेका छन्।
जसमा वृद्धिभूमि नेपाल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स् र सालापा विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको ८.१८ प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.९६ प्रतिशतका दरले कमाएका हुन्।
आज खानीखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ९.३८ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन्।
आज सबैभन्दा बढी रिदि पावर कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। यस कम्पनीको आज ६५ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको ५२ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।



About Us
प्रतिक्रिया