काठमाडौं – सप्ताव्यापी प्रेम दिवस (भ्यालेन्टाइन विक) को छैठौं दिन ‘किस डे’ को अवसर पारेर नेपाल प्रहरीले ‘माया सम्मान हो, हिंसा होइन’ भन्ने सन्देशसहित जनचेतनामूलक पोस्टर सार्वजनिक गरेको छ।
प्रहरीले प्रेम दिवसलाई केवल उत्सवका रूपमा मात्र होइन, आपसी सम्मान र समानताको सम्बन्धका रूपमा मनाउन आग्रह गरेको छ। सार्वजनिक सन्देशमा प्रेमका नाममा हुने कुनै पनि प्रकारको घरेलु हिंसा अस्वीकार्य रहेको स्पष्ट गरिएको छ।
पोस्टरमार्फत हिंसा सहेर नबस्न तथा पीडितहरूले नजिकको प्रहरी कार्यालय वा आपतकालीन नम्बर १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ। सार्वजनिक गरिएको तस्बिरमा प्रेम र सम्मानको सकारात्मक पक्षसँगै हिंसाको कटु यथार्थलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। यस अभियानले स्वस्थ, सम्मानजनक र हिंसामुक्त सम्बन्ध निर्माणमा सबैको भूमिका आवश्यक रहेको सन्देश दिएको छ।



About Us
प्रतिक्रिया